२०८२ माघ २८

चौथो ललितपुर मेयर कप ब्याडमिन्टन मंगलबारबाट हुँदै

ललितपुर – ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ।

ललितपुरस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा सञ्चालन हुने यस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ।

पाँच दिनसम्म चल्ने यस प्रतियोगितामा विभिन्न ६ विधामा करिब २ सय २६ खेलाडीले प्रतिस्पर्धा गर्ने म्याच कन्ट्रोल सुमित शाक्यले जानकारी दिएका छन्। प्रतियोगितामा पुरुष तथा महिला एकल खुला, शीर्ष २० वरीयता बाहेकको पुरुष युगल,१७ पुरुष तथा महिला एकल र ४५ वर्षमाथिको मास्टर युगल विधामा खेलहरू हुनेछन्।

<p>यस वर्ष आयोजकले पुरस्कार राशिमा वृद्धि गरेको छ। पुरुष र महिला एकल तथा पुरुष युगलतर्फका विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्ने सचिव रदीप महर्जनले बताए।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain