काठमाडौं – मदन भण्डारी मेमोरियल कलेजमा तीन दिने ‘एमबिएमसी आइडियाएक्स–२०२५ ह्याकाथन’ को तेस्रो संस्करण सम्पन्न भएको छ ।
कार्यक्रममार्फत विज्ञान तथा प्रविधिका माध्यमबाट देशको समसामयिक समस्या र अवसरसँग सम्बन्धित विषयमा केन्द्रित रही नवीन सोच खोज्ने र समाधानमा आधारित रही उद्यमशीलताको विकास गर्ने उद्देश्यका साथ सो कार्यक्रम सम्पन्न भएको हो ।
यस कार्यक्रममा स्नातक तहका सूचना तथा प्रविधि विषयमा अध्ययनरत विद्यार्थीहरू र प्रविधिमा रुचि राख्ने नवप्रर्तकहरू सहभागी थिए।
यसवर्ष पर्यटन, स्वास्थ्य सेवा र पहुँच, वित्तीय प्रविधि, कृषि प्रविधि, सांस्कृतिक पहिचाना तथा खुला विषयवस्तुमा प्रतिस्पर्धीहरूलाई मञ्चमा प्रस्तुत गरी प्रतिस्पर्धा गराइने आयोजक मदन भण्डारी मेमोरियल कलेजले जनाएको छ ।
कार्यक्रममा सहभागीले आफ्ना नवीन सोचबारे ‘आइडिया’ प्रस्तुत गर्ने अवसर प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्